Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विर्तामोडको सिर्जनशील सहकारीमा काम गर्ने सिर्जना बस्नेतको शव फेला

प्रदेश नं १ स्थित झापाको विर्तामोडमा एक युवतीको शव फेला परेको छ ।

विर्तामोड नगरपालिका-५ मा २५ वर्षीया सिर्जना बस्नेतको अर्धनग्न अवस्थामा शव आज बिहान पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोलपम्प उत्तरमा भाडामा बस्ने घर अगाडि फेला परेको हो ।

अर्जुनधारा घर भएकी उनी पछिल्लो समय विर्तामोडस्थित आफन्तको घरमा भाडामा बस्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

आमा, दाजुभाउजूसहितको परिवारसँग बस्दै आएकी उनी विर्तामोडमै रहेको सिर्जनशील सहकारी संस्थामा काम गर्दै आएकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।

प्रकाशित मिति: Jul 12, 2021

प्रतिक्रिया दिनुहोस्