Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा एकीकरणको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

जसपा एकीकरणको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सर्वोच्च अदालतमा प्रक्रिया पुरा नगरी समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाललाई एकीकरणको मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेज माग गर्दै  रिट परेको हो।

आइतबार राजपाका तत्कालीन उपाध्यक्ष तथा अधिवक्ता राजकुमार थापाले दुई पार्टी मिलाएर जनता समाजवादी पार्टी बनाउने गरी २०७७ साल असार २४ गते आयोगले गरेको निर्णय खारेज गर्न माग गर्दै रिट दर्ता गराएका हुन् ।

कुनै पनि दलको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला हुनै पर्ने संविधानको प्रावधान र उक्त समितिलाई अन्य पछि पारिएका वर्गकोसमेत प्रतिनिधित्व दिएर समावेशी बनाउन पर्ने संवैधानिक मान्यता विपरीत आयोगको निर्णयविरुद्ध थापाले रिट दायर गरेका छन् ।

प्रकाशित मिति: Jul 11, 2021

प्रतिक्रिया दिनुहोस्