Logo
२२ बैशाख २०८१, शनिबार
(July 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गर्न बामदेवको प्रस्ताव

राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न मिल्ने प्रस्ताव पारित गर्न राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रस्ताव गरेका छन् ।

आजको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै गौतमले उक्त प्रस्ताव पेस गरेका हुन् ।गौतमले प्रस्ताव पेस गर्दै भने,‘मलाई केपी शर्मा ओलीले प्रधानमन्त्री बन्ने बाटो खोल्न निर्वाचन लड्ने क्षेत्र खोज्नुस् भन्नुभयो मैले लड्दैन भने । त्यसो भए राष्ट्रियसभामा लड्नुस् भन्नुभयो मैले लड्दैन भने । किन नलड्ने भन्नुभयो, मैले म लड्नुपर्छ भने राष्ट्रियसभा सदस्य प्रधानमन्त्री हुने व्यवस्था गर्नुस् भनेँ, त्यसलाई बाहिर कोकोहोलो गरेर विरोध गरियो, आज पनि म भन्छु, राष्ट्रियसभाका सदस्य प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गर्न म यो सदनसमक्ष प्रस्ताव गर्दै छु ।’

उपाध्यक्ष गौतमले आफूले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरुका बीचमा विभेद रहेको र यो विषयमा कुरा उठाउँदै आएको बताए । उनले राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउनुपर्छ भनी आफूले विगतमा उठाएको पनि स्मरण गरे ।

‘पोहोर साल मैले एउटा विषय उठाएको थिएँ । मलाई अध्यक्ष केपी ओली कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नुभयो । मैले मानिन् । त्यसो भए राष्ट्रिय सभामा जानुस् भन्नुभयो’ नेता गौतमले भने, ‘त्यसपछि मैले राष्ट्रिय सभा र प्रतिनिधि र राष्ट्रिय सभाको बीचमा विभेद अन्त्य गरिदिनुस्, राष्ट्रिय राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरिदिनस् । त्यो हटाइदिनु, त्यसका लागि संविधान संशोधन गर्नुस भन्दा मेरो धेरै चरित्र हत्या भयो ।’

राष्ट्रिय सभा संघीय संसदको अभिन्न अंग भएको उल्लेख गर्दै उनले प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभामा बजेट प्रस्तुत गर्ने र पारित गर्ने व्यवस्थाका लागि कानुनी र संवैधानिक व्यवस्था गर्नुपर्ने माग गरे ।

उनले राष्ट्रियसभामाथि संसद्को अभिन्न अङ्ग भए पनि विभेद भएको बताए । ‘यो सभाले उचित सम्मान आर्जन गर्ने हो भने, राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्छ, बेलायतको हाउस अफ कमन्स भएर जमिन्दारको मात्र प्रतिनिधित्व गर्ने हो भने फरक कुरा।’ उनले अर्थमन्त्री विष्णु पौडेललाई राष्ट्रिसभामा बजेट प्रस्तुत गर्नसमेत आग्रह गरे ।

प्रकाशित मिति: Jul 11, 2021

प्रतिक्रिया दिनुहोस्