Logo
२२ बैशाख २०८१, शनिबार
(July 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन् २०२१ सम्म सबै नेपालीलाई कोभिड खोप लगाउँछौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ सम्म सबै नेपालीलाई कोभिड खोप लगाइसक्ने बताएका छन् ।

आज (आइबार) वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै ओलीले २०२१ सम्म सम्पूर्ण नेपालीलाई खोप लगाइसक्ने बताएका हुन् ।

भ्याक्सिन नपाएर मर्नपर्ने स्थिति अब नआउने उनले बताए । उनले विश्वबाट नै कोभिड नहटेसम्म सबैलाई सजगता अपनाउन आग्रह गरे ।

यो सरकारले जनताको जीवन रक्षा नै पहिलो प्राथमिकतामा राखेर कोभिड नियन्त्रणमा लागेको ओलीले बताए । साथै ओलीले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ नभएको बताएका छन् । संसारका जुनसुकै मुलुक भन्दा धेरै सस्तो उपचार नेपालमा भएको उनले जिकिर गरे ।
आफ्नो किड्नी प्रत्यारोपण गर्दा ७र८ लाख मात्रै लागेको तर त्यही उपचार गर्दा अन्य देशमा धेरै खर्च लाग्ने उनले बताए ।

प्रकाशित मिति: Jul 11, 2021

प्रतिक्रिया दिनुहोस्