Logo
६ जेष्ठ २०८१, आईतबार
(July 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलले नेपाललाई दिएको २० करोड बराबरको स्वास्थ्य सामाग्री आइपुग्यो काठमाडौं

नेपाललाई इजरायल सरकारले दिएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ । इजरायलले दिएको २० करोड बराबरको स्वास्थ्य सामाग्री बिहीबार काठमाडौं आइपुगेको हो ।

नेपालका लागि इजरायली राजदूत हनान गोडेरले बिहीबार बिहान त्रिभुवन विमानस्थलमा स्वास्थ्य मन्त्रालयका अधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गरेका छन् ।

५८ थान भेन्टिलेटर, एक सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आईसीयु सम्बन्धी उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका स्वास्थ्य सामाग्री छन् ।

कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्ने सफ्टवेयर तथा आवश्यक उपकरणहरू समेत रहेको राजदूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति: Jul 8, 2021

प्रतिक्रिया दिनुहोस्