Logo
२० बैशाख २०८१, बिहीबार
(July 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउनेबारे छलफल गर्न आज तीन जिल्लाका सिडियोको बैठक

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाकाबारे छलफल गर्नका लागि प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सकिँनै लाग्दा बैठक दिउँसो ३ बस्न लागेको हो । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज मध्यराति सकिँदैछ ।

आज बस्ने बैठकले यसअघि प्रतिबन्धित क्षेत्रलाई थप खुकुलो बनाउनेबारे छलफल हुने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए ।

पछिल्लो पटक सार्वजनिक यातायातमा जोर विजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो ।

त्यसैगरी सबैखाले पसलहरु पनि दिनभर खोल्न दिइएको छ । थप क्षेत्रलाई पनि खुकुलो बनाउने बारे स्वास्थ्य मन्त्रालयसँग राय मागेर निर्णय हुने बताइएको छ ।

प्रकाशित मिति: Jul 4, 2021

प्रतिक्रिया दिनुहोस्