Logo
२० बैशाख २०८१, बिहीबार
(June 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिआइजी सहकुल थापालाई एआईजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । मन्त्रिपरिषद्ले एउटा एआईजीको थप गर्ने निर्णय गरेको थियो ।

सोमबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालयस्थित प्रशासन स्रोतले बतायो ।

यससँगै थापा प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेलका प्रतिस्पर्धी भएका छन् । हालका आइजिपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाएसँगै नियुक्त हुने महानिरीक्षकमा अब पोखरेलसँग र थापाको प्रतिस्पर्धा हुनेछ ।

नेकपा एमालेका नेता ईश्वर पोखरेलेको दबाबमा पोखरेललाई भावी महानिरीक्षकको एक्ला दाबेदार बनाउँदै ०७७ कात्तिकमा बढुवा गरिएको थियो ।

प्रकाशित मिति: Jun 28, 2021

प्रतिक्रिया दिनुहोस्