Logo
२० बैशाख २०८१, बिहीबार
(June 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौं उपत्यकाका सिडिओको बैठक पुनः बस्दै

उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौंका उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक पुनः आज बस्दैछ ।

आइतबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुक बसेको बैठकले निर्णय गर्न नसकेपछि पुनस् आज बैठक बस्न लागेको हो ।

आइतबारको बैकमा काठमाडौं उपत्यकामा जोर(बिरोर प्रणालीमा सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्नेबारे छलफल भए पनि त्यसबारे निर्णय हुन सकेको थिएन ।

जनस्वास्थ्यको मापदण्ड पालना गरी आधा सिट क्षमतामा सार्वजनिक सवारी साधन चल्न दिने र १५ दिन निषेधाज्ञा थप गर्ने विषयमा बैठकमा छलफल भएको थियो ।

तर, थप खकुलो बनाए निषेधाज्ञ थप्ने विषयमा भने सहमति भैसकेको स्रोतको भनाइ छ ।काठमाडौं उपत्यकामा पछिल्लो समय केही खुकुलो बनाएर जारी गरिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।

अहिले उपत्यकामा निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर-बिजोर र व्यवसायलाई बारको आधारमा सञ्चालन गर्न दिइएको छ । स्रोतका अनुसार मंगलबारदेखि थप खुकुलो बनाउने तयारी गरिएको छ ।

प्रकाशित मिति: Jun 28, 2021

प्रतिक्रिया दिनुहोस्