Logo
२२ बैशाख २०८१, शनिबार
(June 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर २४ घण्टामा २०१६ नयाँ कोरोना संक्रमित थपिए, ३० जनाको मृत्यु

आज देशभर थप २०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा २०१६ जनामामा कोरोन संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३० जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन्

यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना  कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ जना पुगेको छ । यस्तै निको हुनेको कुलसं ख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।

 

 

प्रकाशित मिति: Jun 26, 2021

प्रतिक्रिया दिनुहोस्