Logo
२० बैशाख २०८१, बिहीबार
(June 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी प्रशासनमा आफुसहित गृह सचिवले कुनै हस्तक्षेप नगर्ने गृहमन्त्री पौडेलको प्रतिवद्धता

गृहमन्त्री विष्णुप्रसाद पौडेलले प्रहरी प्रशासनमा कुनै हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफुले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेहि भएर आ-आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताएका छन् ।

संवैधानिक व्यवस्था र कानुनी प्रवन्धका आधारमा आफ्नो जिम्मेवारी पुरा गर्न उनले निर्देशन दिए । उनले आफुसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए । मन्त्री पौडेलले नतिजामुखि काम आफुले खोजेको पनि बताए ।

आफु मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उनले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्न सक्ने बताए ।

मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरीपनि आफुकहाँ नआउनको लागि निर्देशन गरे ।  उनले राजनीतिक परिस्थितिको प्रभाव गृहमन्त्रालयमा पर्ननहुने पनि बताए ।

अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्नपनि उनले निर्देशन दिए ।मन्त्री पौडेलले आफु मन्त्रालयको कामका साथै राजनीतिक काममा पनि लाग्नुपर्ने भएकाले मन्त्रालयमा समय दिन नसक्ने पनि बताए ।

उनले गृह सचिवसँग दिनमा एकपटक भेट गर्ने भन्दै प्रहरी प्रमुखलाई आवश्यक परे मात्रै भेट्न अन्यथा गृहसचिवसँगकै समन्वयमा काम गर्न पनि निर्देशन दिए ।

प्रकाशित मिति: Jun 25, 2021

प्रतिक्रिया दिनुहोस्