Logo
२२ बैशाख २०८१, शनिबार
(June 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर ५४५५ जना कोरोनामुक्त, २४७६ संक्रमित थपिए

आज देशभर २४ घण्टामा देशभर ५ हजार ४५५ जना संक्रमित निको भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७६ हजार ४१३ जना संक्रमित निको भइसकेका छन् ।

नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

देशभरका प्रयोगशालामा १४ हजार ३५१ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४६ जनामा कोराना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ।

मन्त्रालयका अनुसार ९ हजार ५८६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७२१ र ४ हजार ७६५ जनाको एन्टीजेन परीक्षण गर्दा ६५५ जना संक्रमित पुष्टि भएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ।  हालसम्म ८ हजार ९४५ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति: Jun 25, 2021

प्रतिक्रिया दिनुहोस्