Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुईवटा मन्त्रालय आफैसँग राख्दै प्रधानमन्त्रीद्वारा मन्त्रीहरुलाई ६/६ ओटा मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री केपी शर्मा ओलीले २ ओटा मन्त्रालय आफैसँग राख्दै अन्य ४ मन्त्रीहरुलाई ६/६ ओटा मन्त्रालयको जिम्मेवारी दिएका छन्।

बालुवाटार श्रोतका अनुसार उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई र गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

भौतिकमन्त्री मन्त्री बसन्तकुमार नेम्वाङले कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यस्तै कानूनमन्त्री लीलानाथ श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति: Jun 24, 2021

प्रतिक्रिया दिनुहोस्