Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद विघटनविरुद्धको मुद्दामा आज पनि बहस हुने

संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि बहस हुँदै छ ।

कांंग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिट निवेदनमा आज वरिष्ठ अधिवक्ता हरिहर दाहाल, पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ लगागतले बहस गर्ने छन् ।

हिजो बुधबार देउवाको पक्षमा ५ जना वकिलहरुले बहस गरेका थिए ।हिजो बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले कुन सांसदले प्रधानमन्त्रीको विश्वासको प्रस्तावमा भोट हाल्न पाउने र कसले नपाउने भनेर छुट्याउने अधिकार राष्ट्रपतिलाई नभएको जिकिर गर्दै प्रश्न समेत गरेका थिए ।

अर्का अधिवक्ता बद्रीबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बहुमत पुगेन भने प्रधानमन्त्रीको हैसियत केहो भन्दै प्रश्न गरेका थिए । कार्कीले प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि राष्ट्रपतिले पदमुक्त गरिदिनु पथ्र्यो भन्ने जिकिर गरेका थिए ।

यसैगरी वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी पुग्ने भए पनि दुरासय मनसायका साथ प्रतिनिधिसभा विघटन गरिएको बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विश्वासको मत लिंदा ९३ मात्रै मत पाएर अल्पमतको सरकारमा परिणत भएपछि संविधानको धारा ७६(४) लाई नाघेर ७६(५) अनुसार सरकार गठनको आह्वान गर्ने राष्ट्रपतिको कदमप्रति उनले प्रश्न उठाएका थिए ।

 

प्रकाशित मिति: Jun 24, 2021

प्रतिक्रिया दिनुहोस्