Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असार १७ देखि आन्तरिक उडान सञ्चालन गर्ने

कोरोना संक्रमण रोकथाम गर्न वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान असार १७ देखि सुचारु हुने भएको छ ।

कोरोना संक्रमण रोकथाम गर्न वैशाख २० गतेदेखि बन्द गरिएको व्यवसायिक आन्तरिक उडान असार १७ गतेदेखि सुचारु हुने भएको हो ।

सोमबार मन्त्रिपरिषद्‌को निर्णय अनुसार, पर्यटन सचिव यादव प्रसाद कोइरालाले बधुबार आसार १७ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेका हुन् ।

सोमबार मन्त्रिपरिषद्ले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुचारु गर्न निर्णय गरेको थियो ।उक्त निर्णयलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई भनेको थियो ।

उक्त निर्णयलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई भनेको थियो । त्यसअनुसार, पर्यटन सचिव यादव प्रसाद कोइरालाले बधुबार आसार १७ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेका हुन् ।

‘सचिव स्तरीय निर्णयले जुलाई १ तारिख (असार १७) देखि आन्तरिक उडान सामान्य अवस्थाको तालिकाका आधारमा ५० प्रतिशतमात्रै सञ्चालन गर्ने निर्णय भएको छ,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले  भने ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि रोकिएको आन्तरिक उडान ६० औं दिनपछि पुनः सर्तसहित सञ्चालन हुने भएको छ । गत वर्ष कोराना संक्रमण रोकथाम गर्ने उद्देश्यले ०७६ चैत ११ गतेदेखि रोकिएको नियमित आन्तरिक उडान १ सय ७९ दिनपछि असोज ५ गते सर्त र कोटासहित सुचारु भएको थियो ।

आन्तरिक उडानमा ९ वटा वायुसेवा कम्पनी छन् ।

 

प्रकाशित मिति: Jun 23, 2021

प्रतिक्रिया दिनुहोस्