Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलितलाई कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा

पछिल्लो समयमा सामाजिक संञ्जालमा चर्चामा रहेको घटना एक दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ गरीएको सरस्वती प्रधान रिहा भएकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमख एसएसपी अशोक सिंहले सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा छोडिएको बताए ।

‘थप अनुसन्धानका लागि मिसिल सिंहदरबार वृत्तमा पठाइएको छ,’ उनलेभने । प्रधान तीन दिनअघि पक्राउ परेकी थिइन् ।

दलित भएको भन्दै आफूलाई प्रधानले कोठा भाडामा नदिएको भन्ने रूपा सुनारको उजुरीपश्चात् आइतबार काठमाडौंको बबहरमहलबाट प्रधानलाई पक्राउ गरिएको थियो।

रूपाले केही दिनअघि मात्रै सामाजिक सञ्जालमार्फत जातकै आधारमा आफूमाथि भेदभाव भएको विषय सार्वजनिक गरेकी थिइन् । अनुसन्धान फायल जिल्ला सरकारी बकिलको कार्यालयलाई बुझाइएको थियो । सरकारी वकिलको कार्यालयले घरबेटीविरुद्ध प्रमाण नुपुगेको भन्दै मुद्दा फिर्ता गरेको छ ।

नेवा समुदापयको छाता संगठन नेवाःदेय। दबूले रुपा सुनारले सरस्वती योप्रधानले जातीय आधारमा घर भाडामा नदिएको भन्ने आरोपलाई सुनियोजित भनेको छ ।

 

प्रकाशित मिति: Jun 23, 2021

प्रतिक्रिया दिनुहोस्