Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलका राजदूत हनान गोडेर र सञ्चारमन्त्री नैनकला थापाबीच भेटवार्ता

नेपालका लागि इजरायलका राजदूत हनान गोडेर र सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाबीच भेटवार्ता भएको छ ।

इजरायलका राजदूत गोडेरसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा थापाले नेपालका विविध क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।

थापाले इजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

भेटमा राजदूत गोडेरले सञ्चारमन्त्री थापालाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । उनले नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग र सहकार्य गर्न इच्छुक रहेको बताउँदै नेपाल-इजरायल सम्बन्धले ६० वर्ष पूरा गरेको र आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: Jun 21, 2021

प्रतिक्रिया दिनुहोस्