Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल योग एवं तन्त्रसम्बद्ध विज्ञान अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छ : राष्ट्रपति

आज अन्तरराष्ट्रिय योग दिवस ! यस वर्ष ‘मानव सुस्वास्थ्यका लागि योग’ भन्ने राष्ट्रिय नाराका साथ अन्तरराष्ट्रिय योग दिवस मनाइँदै छ ।

अन्तरराष्ट्रिय योग दिवस (जुन२१) का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति‚ समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दै योगको भूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान-विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छ भन्ने विश्वास व्यक्त गरेकी हुन् ।

संयुक्त राष्ट्र संघले सन् २०१४ डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तरराष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेपछि हाम्रो समृद्ध परम्परा एवं जीवन दर्शनसँग सम्बन्धित योगले विश्वव्यापी सम्मान प्राप्त गरेको छ ।

साथै भण्डारीले नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउन तथा यो राष्ट्रिय गौरव सदैव जीवित राख्न प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।

कोभिड-१९ महामारीका कारण आमरूपमा मानिसको भौतिक जीवन र शारीरिक स्वास्थ्य मात्र प्रभावित भएको तथा अवसाद र चिन्ता जस्ता मानसिक समस्यासमेत देखा परेका अवस्थामा शारीरिक र मानसिक सुस्वास्थ्यका लागि योगको सान्दर्भिकता अझ बढ्न पुगेको राष्ट्रपतिले बताएकी छन् ।

यस्तै प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट छुटकारा पाउन गोगविधि महत्वपूर्ण हुने बताएका छन् ।योगले मनको भाव शुद्ध र सकारात्मक राख्न सघाउने भन्दै उनले चित्तको शुद्धता नै योगको प्रस्थानविन्दु रहेको बताएका हुन् ।

 

प्रकाशित मिति: Jun 21, 2021

प्रतिक्रिया दिनुहोस्