Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रीले गरे सातै प्रदेशका मन्त्रीहरुसँग विपद् व्यवस्थापनबारे छलफल

गृहमन्त्री खगराज अधिकारीले मनसुन सुरु भएसँगै सुरु भएको विपद् व्यवस्थापनको लागि सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग छलफल गरेका छन् ।

मनसुन सुरु भएसँगै सुरु भएको विपद् व्यवस्थापनको विषयमा केन्द्रित रहेर गृहमन्त्री अधिकारीले आइतबार छलफल गरेका हुन् । आज भएको छलफलमा विपद् व्यवस्थापन, कोरोना महामारी, मुलुकको शान्ति सुरक्षा लगायतका विषयमा छलफल केन्द्रित रहेको थियो ।

प्रदेशका एक मन्त्रीले दिएको जानकारी अनुसार मन्त्री छलफलमा प्रदेश मन्त्रीहरूले गृहमन्त्री अधिकारीलाई प्रहरी समायोजन छिटो सक्न पनि आग्रह गरेको बताए ।

साथै छलफलको क्रममा प्रदेश मन्त्रीहरूले गृहमन्त्री अधिकारीलाई सङ्घीय प्रहरी ऐन चाँडै ल्याउन सुझाव दिएका छन् ।

 

प्रकाशित मिति: Jun 20, 2021

प्रतिक्रिया दिनुहोस्