Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीमा गुरुङको पनि दावी परेको भन्दै गण्डकीमा विपक्षी गठबन्धनका सदस्यहरुको धर्ना

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङको पनि फेरि दावी परेको भन्दै विपक्षी गठबन्धनका बहुमत सदस्यहरु निवेदनअनुसार सरकार गठन हुनुपर्ने मागसहित प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

तर उनीहरुलाई भित्र प्रवेश नदिइएपछि गेटमै धर्नामा छन् । “यो राजनीतिक बेइमानी, अधिनायकवादी शैली हो,” मुख्यमन्त्रीका दाबेदार कृष्णचन्द्र नेपालीले भने । विपक्षी गठबन्धनका बहुमत सदस्य अहिले प्रदेश प्रमुखको कार्यालयको गेटमा धर्नामा छन् ।

यसअघि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङले पनि दाबी परेको दावी गरिएको छ । उनले जनता समाजवादी पार्टी (जसपा) को प्रदेश कमिटी र पदमुक्त भइ फेरि स्थापित भएका सकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरिएको विपक्षीको दावि छ ।

यद्यपि जसपा र जनमोर्चाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश नगरिएको गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले बताए ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Jun 12, 2021

प्रतिक्रिया दिनुहोस्