Logo
२२ बैशाख २०८१, शनिबार
(June 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जर्मनले गर्यो ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण

जर्मन सरकारले दिएको ६२ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

जर्मन सरकारले नेपालमा कोरोना नियन्त्रणका लागि सहयोगस्वरुप ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० एसएसपी २ मास्क, ३० हजार सर्जिकल मास्क, १०० गम बुट, २०० बडी ब्याग, पाँचवटा आइसोलेसन सेन्टर टेन्ट र २५ हजार लिटर डिसइन्फेक्टेन्ट पठाएको जनाइएको छ ।

आज (मंगलबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनका राजदूत रोल्यान्ड शेफरले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

 

प्रकाशित मिति: Jun 8, 2021

प्रतिक्रिया दिनुहोस्