Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी सरकारले मंगलबार प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

लुम्बिनी प्रदेश सरकारले भोलि (मंगलबार) प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरिले जानकारी दिएका छन् ।

भोलि ३ बजे सुरु हुने प्रदेशसभा बैठकमा ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्री चौधरीले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेश सरकारको कोभिड-१९ नियन्त्रण तथा उपचार कोषमा १० करोड थपिएको छ । मन्त्रिपरिषद बैठकले कोरोना उपचारमा थप रकम आवश्यक पर्ने भएपछि रकम थप गरेको मन्त्री चौधरीले बताए ।

दोस्रो भेरियन्ट आएपछि १०-१० करोड गरी २० करोड बिनियोजन गरिसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति: Jun 7, 2021

प्रतिक्रिया दिनुहोस्