Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता अध्यादेशविरुद्धको मुद्दाको सुनुवाइ गर्न संवैधानिक इजलास गठन

नागरिकता सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा दायर भएका रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडासहितको संवैधानिक इजलास गठन भएको हो ।

राष्ट्रपति विद्यादेवि भण्डारीले जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, अधिवक्ता वीरभद्र जोशीलगायतले सर्वोच्च अदालतमा रिट पेस गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ९ गते जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरेकी थिइन् ।

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्