Logo
५ जेष्ठ २०८१, शनिबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पनि खनाल-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक

नेकपा एमालेबाट बहिस्कार गरिएका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ ।

आज बिहान ११ बजेबाट शुरू बैठकमा बाँकी सदस्यहरूले बोल्ने र नेपालले निष्कर्ष सुनाउने बताइएको छ ।बैठकमा प्रष्ट रूपमा दुई खाले विचार आएकाले नेता नेपालले आफ्नो समूहका बटमलाइन सुनाउने सम्भावना छ ।

माधव नेपालको पक्षमा सधैँ खडा हुँदै आएका नेताहरुले २०७५ जेठ २ मा फर्किदैमा ओलीसँग सहकार्य हुन नसक्ने र धोखाधडी हुने विचार व्यक्त गरेका छन् ।

त्यो विचारको नेतृत्व भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यदेखि प्रकाश ज्वाला, राजेन्द्र राई, जगन्नाथ खतिवडाजस्ता नेताहरूले गरिरहेका छन् ।

अर्कोतिर विशेषगरी माधव नेपालसँग नवौं महाधिवेशनबाट जोडिएका नेताहरू भने केपी ओलीलाई जेठ २ मा फर्काउन सके एमालेभित्रै रहेर पार्टी बलियो बनाउन सकिने पक्षमा छ ।

यो विचारमा गोकर्ण विष्ट पनि सहमत छन् । आजको बैठकमा विष्टले पनि बोल्दैछन् ।

 

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्