Logo
५ जेष्ठ २०८१, शनिबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबराले बोलाए सर्वोच्चको पूर्ण बैठक

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सर्वोच्चको पूर्ण बैठक बोलाएका छन् ।

उनले संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन लगायतका विषयमा छलफल गर्नका लागि आज पूर्ण बैठक बोलाएका हुन् ।

संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन गर्नुपर्ने भएपछि मस्यौदा सर्वोच्चको आजको फुलकोर्ट बैठकमा पेश गरि अघि बढ्ने बताइएको छ ।

नियमावली संसोधन भएमा वरिष्ठताका आधारमा इजलास तोकिने छ ।प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्वामा रोलक्रम मिचेर दुई न्यायाधीश छनौट गरि संवैधानिक इजलास गठन भएपछि इजलास गठनमा प्रश्न उठेको थियो ।

न्यायाधीस तेजबहादुर केसी र बमकुमार श्रेष्ठ माथि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कानुन व्यवसायीले प्रश्न उठाएपछि नयाँ इजलास गठन हुने भएको हो ।

प्रश्न उठाइएका न्यायाधीश केसी र श्रेष्ठले इजलास नछाड्ने अडान लिएपछि न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईले नैतिकताका आधारमा नबस्ने निर्णय गरेपछि नयाँ इजलास गठन हुने भएको हो ।

यस्तै आजको बैठकमा अदालतले निषेधाज्ञाका बेला प्रदान गर्ने सेवाका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्