Logo
५ जेष्ठ २०८१, शनिबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि खुकुलो, बिहान ९ बजेसम्म पसल खोल्न पाइने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजबाट केही खुकुलो भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खाद्यान्न पसल आजबाट बिहानको समयमा खुल्न पाउने निणर्य गरेको थियो ।

सोही निणर्य अनुसार आजबाट बिहानको समयमा खाद्यान्न पसल खुलेका छन् ।बिहान ९ बजेसम्म किराना पसल खुला गर्न पाइने नियम बनाइएको हो ।

यस्तै काठमाडौंमा बैंक तथा वित्तीय संस्थाले प्रधान कार्यालय र ३ वटा शाखा, वाणिज्य बैंक र विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा सेवा दिन पाउने छन् ।

वित्त कम्पनीले प्रधान कार्यालय र एउटा शाखा खोलेर सेवा दिन पाउने छन् ।अत्यावश्य बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालय भने खुला हुने छैनन् ।

बिहान ९ बजेसम्म मोटरसाइकल वर्कसप भने खोल्न दिइने भएको छ । डिर्पाटमेन्ट स्टोर पनि आजबाट विहानको समयमा खुल्ने छन् ।

तर, दुई मिटरको दूरी कायम अनिवार्य गर्नुपर्ने छ ।

शैक्षिक संस्था, सार्वजनिक निजी गाडी तथा भोज, सभा समारोहजस्ता धेरै मानिस जम्मा हुने स्थललाई बन्द गर्ने निर्णय यथावत राखिएको छ ।

घरमै वा बसेको ठाउँमा ७ जनासम्म जम्मा भइ विवाह व्रतबन्ध गर्न पाइने छ । सरकारले तोकेका मापदण्ड पालना गरी कृषिको काम गर्न छुट दिइएको छ ।

अत्यावश्यकबाहेक सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा कार्यालयहरु बन्द रहने छन् । वाणिज्य बैंकहरुले प्रधान कार्यालयबाहेक काठमाडौंमा तीनवटा शाखा कार्यालयमात्र खोल्न पाउनेछन् ।

औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु र सेवा खरिदमा बाहेक जेठ ३१ गतेसम्म कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ ।आजबाट लागु भएको निषेधाज्ञा जेठ ३२ सम्म जारी रहनेछ ।

 

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्