Logo
५ जेष्ठ २०८१, शनिबार
(June 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो ।

बेलायती अखबार डेली मेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले उक्त कुरा स्पष्ट पारेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सत्यतथ्य कुरा नबुझि भ्रमपूर्ण समाचार सम्प्रेशन नर्गन सञ्चार माध्यमहरुलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: Jun 3, 2021

प्रतिक्रिया दिनुहोस्