Logo
५ जेष्ठ २०८१, शनिबार
(June 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ६८२५ जनामा कोरोना पुष्टि, ५९०४ संक्रमणमुक्त र ७५ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ६८२५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

साथै सोही अवधिमा कोरोना संक्रमणबाट थप ७५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मत्रालयले जानकारी दिएको छ ।यस्तै २४ घण्टामा ५९०४ जना कोरोना संक्रमित निको भइ घर र्फकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २१ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा ६८२५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन विधिबाट ३२११ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट १८ हजार ५६२ जनाको परीक्षण भएको छ ।

यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ ।

यस्तै मृतकको कुल संख्या ७ हजार ६३० पुगेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित १ लाख १ हजार ८३९ जना रहेको छ । हाल संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ ।

 

प्रकाशित मिति: Jun 3, 2021

प्रतिक्रिया दिनुहोस्