Logo
५ जेष्ठ २०८१, शनिबार
(June 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपालले बोलाएको केन्द्रीय कमिटी बैठक अवैध भएको ओली पक्षको दावी

तत्कालिन नेकपा एमालेबाट निष्काशित भएका नेता माधव कुमार नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकलाई ओली पक्षले अवैधानिक रहेको बताएका छन्।

बिहीबार बिहानै विज्ञप्ति निकालेर एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ्गले अध्यक्ष केपी शर्मा ओली बाहेकले बोलाएको बैठक वैधानिक नरहेको उल्लेख गरेका हुन् ।

उनले पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै त्यस्तो बैठकमा सहभागी नहुन केन्द्रीय कमिटी सदस्यहरुलाई आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले) को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ त्यस्तो कृयाकलापको निन्दा एवम् भर्त्सना गर्दछु ।’

‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन सुचित गर्दछु’ विज्ञप्तिमा उल्लेख छ ।

नेपालले पछिल्लो पटक विकसित राजनीतिक विषयको समीक्षा गर्न बिहीबार बिहान ११ बजेका लागि आफू पक्षीय स्थायी कमिटिको भर्चुअल बैठकसमेत बोलाएका छन् ।

यसैबिच एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ४ बजेका लागि स्थायी कमिटि बैठक बोलाएका छन् । त्यसका लागि १९ जना स्थायी कमिटि सदस्यलाई मात्रै निम्ता गरिएको छ । यसअघि बुधबार बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति: Jun 3, 2021

प्रतिक्रिया दिनुहोस्