Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शुक्रबार बोलाउन सिफारिस

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शुक्रबार बोलाउन प्रदेश मन्त्रिपरिषद्को बैठकले सिफारिस गर्ने निर्णय गरेको छ ।

आज(बुधबार) बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन जेठ शुक्रबार दिउँसो ३ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले कञ्चनपुरको महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय पनि गरेको छ ।त्यस्तै जिउँदै आगो लगाइएकी डोटीको आर्दश गाउँपालिका– ४ कि लक्ष्मी भाट र उनकी छोरी अन्जुको उपचारका लागि २ लाख रुपैयाँ सहयोग गर्ने बैठकले निर्णय गरेको छ ।

 

प्रकाशित मिति: Jun 2, 2021

प्रतिक्रिया दिनुहोस्