Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अत्यावश्यक सेवा प्रदायक क्षेत्रमा हडताल नगर्न गृह मन्त्रालयको आदेश

गृह मन्त्रालयले अत्यावश्यक सेवा प्रदायक क्षेत्रमा हडताल गर्न नपाइने आदेश जारी गरेको छ ।

सोमबार (जेठ १७) को राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) मा भएको अधिकार प्रयोग गरेर सो आदेश जारी गरिएको उल्लेख छ ।

यो ऐनअन्तर्गत निषेध गरिएको क्षेत्रमा कुनै व्यक्तिले हडताल गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा निजलाई ६ महिनासम्म कैद वा दुई सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ ।

हडताल गर्न वा त्यसमा भाग लिन भाग लिई राख्न कुनै व्यक्तिले अरूलाई दुरुत्साहन गरेमा निजलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने ऐनमा उल्लेख छ ।

हडताल निषेध गरिएका क्षेत्रहरूमा बैङ्क, बिमा, टेलिफोन, सञ्चार र इन्टरनेट सेवा छन् ।  त्यस्तै सरकारले विद्युत् सेवा, दैनिक उपभोग्य वस्तुको पैठारी, ढुवानी भण्डारण तथा वितरण सम्बन्धी सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, औषधी निर्माण तथा बिक्री वितरण सेवालगायत छन् ।

प्रकाशित मिति: Jun 2, 2021

प्रतिक्रिया दिनुहोस्