Logo
५ जेष्ठ २०८१, शनिबार
(June 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधज्ञाबारे थप निर्णय गर्न उपत्यकाका प्रजिअहरुको बैठक बस्दै

निषेधज्ञाबारे निर्णय गर्न काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज पनि बस्दैँ छ ।
आज (बुधबार) दिउँसो २ बजे पछि बैठक बस्ने भएको हो ।

आजको बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने बताइएको छ । भोलि राती १२ बजेदेखि जारी निषेधाज्ञाको अवधि सकिन लाग्दा केही प्रावधानलाई परिमार्जन गर्दै निषेधाज्ञाको समय थप गर्ने बताइएको छ ।

आजको बैठकले निषेधाज्ञा थपबारे निर्णय सार्वजनिक गर्ने छ । यसअघि बसेको बैठकमा किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजे सम्म खोल्न दिने विषयमा छलफल भएको र आज यस बारे निर्णय सार्वजनिक हुने छ ।

हाल तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ । उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

प्रकाशित मिति: Jun 2, 2021

प्रतिक्रिया दिनुहोस्