Logo
५ जेष्ठ २०८१, शनिबार
(June 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डब्ल्यूएचओले दियो सिनोभ्याकको खोप प्रयोगका लागि अनुमति, यस्ता छन् विशेषता

चिनियाँ सिनोभ्याक कम्पनीको खोपलाई पनि आपतकालीन प्रयोग गर्न डब्ल्यूएचओले अनुमति दिएको छ ।

चिनियाँ सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्यूएचओले अनुमति दिएको हो । यसअघि चीनकै सिनोफार्म खोपलाई पनि डब्ल्यूएचओले अनुमति दिएको थियो ।

यस्ता छन् विशेषता

डब्ल्यूएचओबाट अनुमति पाएको चीनको सिनोभ्याक कम्पनीको खोप १८ वर्ष माथिकालाई लगाउन मिल्ने सिफारिस गरिएको छ । यो खोप पनि दुई डोज लगाउनुपर्छ । पहिलो डोज लगाएको दुईदेखि चार सातापछि दोस्रो डोज लगाउनुपर्छ ।

सिनोभ्याक खोप दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न मिल्छ । अर्थात् घरमा चलनचल्तीमा प्रयोग हुने रेफ्रिजेरेटर (फ्रिज) मा राख्न मिल्छ । कम तापक्रममा पनि खोप भण्डार गर्ने मिल्ने भएकाले यो खोप विकासोन्मुख देशहरुलाई सहज हुने विश्वास गरिएको छ ।

सिनोभ्याक खोपले खोप लगाएका शतप्रतिशत मानिसमा कोरोनाबाट संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने अध्ययनहरुमा पाइएको छ ।

डब्ल्यूएचओले सिनोभ्याकले उत्पादन गरेको खोपले सुरक्षा, प्रभावकारिता तथा उत्पादनको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको जनाएको छ । डब्ल्यूएचओबाट अनुमति पाउनुअघि नै सिनोभ्याकको यो खोप चीनका साथै चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा प्रयोग भइसकेको छ ।

 

प्रकाशित मिति: Jun 2, 2021

प्रतिक्रिया दिनुहोस्