Logo
६ जेष्ठ २०८१, आईतबार
(June 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्योबेला पार्टी फुट्नबाट हामिले जोगाईदियौं, तर अहिले उनै उपेन्द्रजीले रङ्ग देखाए : ठाकुर

जसपा अध्यक्ष महन्थ ठाकुरले कुनैबेला आफूहरुले जस्को पार्टी फुट्नबाट जोगाईदिएका उपेन्द्र यादवले आज रङ्ग देखाएको बताएका छन् ।

ठाकुरले ५ बुदे प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन् ‘कुनैबेला पार्टी जोगाउन खाली कागजमा हस्ताक्षर गरेर दिने उपेन्द्र यादवले गुटगत र हैकमवादी राजनीति गतिबिधि गरेर अक्षम्य अपराध गरेकाले उनलाई पार्टीबाट कारवाही गरि निष्कासन गरेका छौं ।’

हेर्नुस् प्रेस विज्ञप्ती :

१. पार्टी एकीकरण भएदेखि नै एकतर्फी रुपमा पार्टीको नीति, सिद्धान्त, विचार, एजेण्डा र कार्यदिशा विपरीत पार्टी एकीकरणको भावना र सिद्धान्तलाई नोक्सानी पुग्ने गरी, पार्टी विधान, नियमावली, आंचारसहिताले निर्दिष्ट गरेका लोकतान्त्रिक मल्य मान्यता. विधि, पद्धति र राजनीतिक संस्कृतिको बर्खिलाप हुने गरी, गुटगत गतिविधि गर्ने÷गराउने कार्यमा पार्टी कार्यकारिणी सदस्य उपेन्द्र यादवको प्रमुख भूमिका स्पष्ट नै छ । यस्ता अवाञ्छित गतिविधि नगर्न, नगराउन पार्टीले उनलाई बारम्बार सचेत गराएको हो ।

२. २०७८ ज्येष्ठ ८ र ९ गते दुबै अध्यक्षद्वारा बैठक बोलाउने सहमति भए पनि कोरोना महामारीको कारणले ज्येष्ठ ७ गते नै बैठक स्थगित गरिएको हुँदाहुँदै पनि ज्येष्ठ ८ र ९ गते एकतर्फि रुपमा बैठक गरेको, उपस्थित नै नभएकाहरुको फर्जि हस्ताक्षर गरि किर्ते गरेको, संसदीय दलको निर्णयको विपरीत श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर समेत गरेको हुनाले यस अघि २०७८–०२–११ गते पहिलो पटक ३ दिने र मिति २०७८–०२–१५ गते दोस्रो पटक २४ घण्टे स्पष्टिकरण पत्र पठाएको हो । तर ती पत्रहरुको जवाफ नदिई अटेर र अवज्ञा गरी अनुशासनहिन कार्य गरेकोले पार्टीको अन्तरिम विधान र राजनीतिक दल सम्बन्धी ऐन २०७३ को व्यवस्था बमोजिम आजैको मितिबाट लागु हुने गरी उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासित गरिएको छ।

३. हामीले जहिले पनि राज्यद्वारा वहिष्करणमा पारिएका र उपेच्छित जनसमुदायको अधिकार र पहिचान स्थापित गर्ने उद्देश्यले सधै आफ्नो माग मुद्दाहरुलाई प्राथमिकतामा राखेको सर्वविदितै छ । २०७२ साल असोज ३ गते अपूर्ण संविधान जारी भए देखि नै जव सम्म हाम्रो माग मुद्दा पूरा हुँदैन तबसम्म न चनावमा भाग लिने न सरकारमा भनेर आम जनसमुदायसँग प्रतिवद्धता थियो । जस अनुसार जबसम्म संविधान संशोधनको प्रस्ताव सदनमा अगाडी बढाइएन तबसम्म हामी स्थानीय तहको दई चरणको चुनावमा भाग लिएनौं तर उपेन्द्रजीहरु प्रतिवद्धताबाट भागे । त्यति मात्रै होइन प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि हामीले हाम्रा माग मुद्दा सम्बोधन गर्ने सर्तमा सरकारलाई बाहिरैबाट समर्थनमा गयौं र एक वर्षसम्म पनि माग सम्बोधन नभएपछि समर्थन फिर्ता लियौं तर उपेन्द्रजी सत्तालोलुप भएर सरकारमै सहभागी भए र एउटा सिन्कोसम्म भाँच्न सकेनन् र जबसम्म अपमानजनक रुपमा तिनलाई सरकारबाट लखेटिएन तबसम्म सत्ताको रसोस्वादन गरिरहे । पछिल्लो घटना क्रममा प्रधानमन्त्रीजीसँगको व्यक्तिगत कुण्ठा र पूर्वाग्रहले गर्दा आज वर्षोंदेखिको सम्बोधन गराउन बाँकी रहेको माग मुद्दाहरु सम्बोधन गराउने सन्दर्भमा १३९ जना आन्दोलनकारीहरुको मुद्दा फिर्ता गरिएको छ तथा केही मुद्दा फिताएको प्रक्रियामा छ, नागरिकता सन्दर्भमा संविधान जारी भएको मितिदेखि जन्मसिद्ध नागरिकका सन्तानहरुले नागरिकता पाइरहेका थिएनन् जसले गर्दा शिक्षा, रोजगारी लगायत राज्यबाट पाउने सुविधाबाट बञ्चित थिए जसलाई अध्यादेश मार्फत सम्बोधन गरिएको छ, संविधान संशोधनको सवालमा उपेन्द्रजीले बनाउन नसकेका संविधान संशोधन कार्यदल बनाइएको छ र छिटै यसले गर्दा परिणामहरु पनि देखिने छ तथा अन्य पनि बाँकी रहेका मागहरु सम्बोधन गराउन पहल भैरहेको छ । तर आफूले जस नपाउने तुच्छ सोच र उधारो सहमति गरी भोलिको दिनमा सत्तालिप्साको अभिलासा पूरा गर्ने बाटो नै बन्द हुने देखेर आफ्नो व्यक्तिगत महत्वाकाक्षांका लागि राजनीतिक आवरण दिई फेरि जनतालाई धोका दिने कार्य शुरु गर्न खोजेका छन् । अहिले हामीले माग मुद्दा सम्बोधन गराउँदा पनि न्वारन देखिको बल लगाई हाम्रो बारेमा भ्रम छर्न प्रयासरत छन् तर आम नागरिक यसबाट सचेत छन् ।

४. २०७७ वैशाख १० गते तानाशाहि प्रवृतिले चलाउँदै गरेको समाजवादी पार्टी फुट्नै लाग्दा जोगाई दिन खालि कागजमा पनि हस्ताक्षर गरि एकीकरण गर्न हतारिएका उनलाई तात्कालीन समयमा हामीले पार्टी फुट्नबाट जोगाइदिएको यर्थाथ कसैबाट लुकेको छैन र पनि उनी एकतर्फी रुपमा गुटगत कार्यमा संलग्न रहे तर हामी एकीकरणको भावनाप्रति अत्ति नै प्रतिवद्ध छौं र वैकल्पिक शक्ति बनाउने उत्पीडित जातजाति र समुदायको उत्कट चाहनाको कदर गर्दै यसखाले अनुशासनहीन र अराजक व्यक्तिको निष्काशनले यो अभियान झनै सशक्त हुने विशवास दिलाउँदै अझ बढी एकतावद्ध हुन सम्पूर्ण पार्टी पंक्ति, समर्थक र आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।

५. पछिल्लो समय पार्टीको नाममा प्रदेश नं. २ मा समायोजित नभएका समितिबाट संघर्षको कार्यक्रम भनेर ज्येष्ठ १८ र १९ गते घोषणा भएको आन्दोलनको कार्यक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कोरोनाको महामारीको बेला यसखाले भ्रमपूर्ण, अघोषित र असान्दर्भिक कार्यक्रमा नलागि आफ्नो र आम नागरिकको ज्यानको सुरक्षामा प्रतिवद्ध भएर लाग्न सबैलाई हार्दिक आहवान गर्दछौं ।

 

 

प्रकाशित मिति: Jun 1, 2021

प्रतिक्रिया दिनुहोस्