Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक इजलासबारे विवाद समाधानका लागि प्रधानन्यायाधीश र सर्वोच्च बारबीच सहमति

संवैधानिक इजलासबारे प्रधानन्यायाधीश र सर्वोच्च बारबीच सहमति भएको छ । संवैधानिक इजलास सम्बन्धी विवादको दीर्घकालीन समाधान खोज्न प्रधान न्यायाधीश र सर्वोच्च बार एशोसियसनबीच सहमति भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले आजको इजलास स्थगित हुन सक्ने बताए ।

उनले पटक-पटक यस्ता विवाद आउने गरेकाले दीर्घकालीन समाधान खोज्न वरिष्ठताका आधारमा इजलास गठन गर्ने विषयमा छलफल भएको बताए ।

त्यसका लागि संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली २०७२, हेरफेर गरिने वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने व्यवस्था गरिने भएको छ ।

उनले नियमावली फुल बेन्चमार्फत एक साताभित्र सच्याएर न्यापरिषदबाट निर्णय गर्ने सहमति भएको बताएका छन् । बरिष्ठतम न्यायाधीशमध्ये कुनै विरामी परेमा वा मुद्दा हेर्न नमिलेमा त्यसपछिको बरीयतामा रहने न्यायाधीशलाई इजलासमा राख्ने सहमति भएको शाक्यले बताए ।

प्रकाशित मिति: Jun 1, 2021

प्रतिक्रिया दिनुहोस्