Logo
५ जेष्ठ २०८१, शनिबार
(June 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी, खाद्य तथा किराना पसल खुल्ने

कोरोना नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी भइरहेको छ ।

कोरोना  संक्रमणमा उल्लेखनीय कमी नभएको र अझै केही समय परिस्थितीलाई हेर्नुपर्ने भएकाले निषेधाज्ञा एक साता लम्ब्याउने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

आज मंगलबार अपरान्ह बस्ने उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछ । प्रजिअ पराजुलीका अनुसार खाद्य तथा किराना पसल खुलाउन दिने तयारी भएको छ ।

अहिलेको निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायमै छ । निषेधाज्ञालाई कडाइ तुल्याउने जानकारी दिँदै प्रजिअ पराजुलीले आज बस्ने बैठकले थप निर्णय गर्न सक्ने समेत बताए ।

काठमाडौं उपत्यकामा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाण्डौं जिल्लाका रहेका छन् । राजधानीका ८९० जनासहित भक्तपुरका २२० जना र ललितपुरका २५२ जना गरी उपत्यकामा थप १,३६२ जना सङ्क्रमित थपिएका छन्।

अहिलेसम्म  काठमाडौंमा १४ हजार ७९५ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा ४४०९ र ललितपुरमा ६३९१ जना सक्रिय संक्रमित छन् ।

 

प्रकाशित मिति: Jun 1, 2021

प्रतिक्रिया दिनुहोस्