Logo
७ जेष्ठ २०८१, सोमबार
(May 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकुर पक्ष अप्ठ्यारोमा परेपछि जसपा फोड्न दलसम्बन्धी अध्यादेश ल्याउने तयारी !

जसपा फोड्न दलसम्बन्धी अध्यादेश ल्याउने तयारी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मंगलबार भएको भेटमा जसपा अध्यक्ष महन्थ ठाकुरले पार्टी नफुटाइ सरकारमा सहभागी हुन नसक्ने भएकाले पार्टी फुटाउन सहयोग गर्न आग्रह गरेका थिए ।

जसपाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने तयारी गरिरहेको बेला उपेन्द्र यादव समूहको बहुमत कार्यकारिणी समितिले सरकारमा सहभागी हुने नेता कार्यकर्ताको सदस्यता स्वतः रद्द हुने निर्णय गरेकाले पनि ठाकुर अप्ठ्यारोमा परेका हुन् ।

राजनीतिक दल सम्बन्धी ऐनअनुसार पार्टी विभाजन हुँदा आधिकारीकता पाउन केन्द्रीय समितिमा ४० प्रतिशत पुग्नुपर्ने व्यवस्था रहेकाले उक्त व्यवस्था संशोधन गर्न ठाकुरले ओलीसँग सहयोग मागेका हुन् ।

केन्द्रीय र कार्यकारिणी दुबै समितिमा ४० प्रतिशत संख्या नपुग्ने भएकाले ठाकुर तनावमा छन् ।त्यसैले सके ऐन संशोधन नसके अन्य सहयोग गर्न ठाकुरले ओलीसँग अनुरोध गरेका छन् ।सोही अनुसार अध्यादेश ल्याउने विषयमा छलफल सुरु भएको छ ।

के राजनीतिक दल सम्बन्धी ऐन संशोधन होला ?

पछिल्लो समय धेरै ठाउँमा सहयोग गर्दै आएका महन्थ ठाकुरले राजनीतिक दलसम्बन्धी अध्यादेश संशोधन गरेर सहयोग गर्न अनुरोध गरेता पनि ओली भने तत्कालै तयार हुन सकेका छैनन् ।

केपी शर्मा ओलीले २०७७ बैशाख ८ गते तत्कालिन समाजवादी पार्टी, नेपाल विभाजन गर्न राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएका थिए ।

तर, त्यो अध्यादेशले ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी, यादव नेतृत्वको समाजवादी पार्टीलाई रातारात एकता गराएर जसपा बनाएको थियो । अहिले सोही जसपा विभाजन गर्न ओलीबाट अध्यादेश ल्याउने तयारी भएको छ ।

पार्टीले आन्तरिक समस्या झेलिरहेको बेला ऐन संशोधन गर्दा आफैलाई हानी हुने भएकाले ओलीले तत्कालै यो कदम नचाल्ने विश्लेषक बताउँछन् ।

प्रकाशित मिति: May 31, 2021

प्रतिक्रिया दिनुहोस्