Logo
५ जेष्ठ २०८१, शनिबार
(May 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलामा प्रतिबन्ध

सरकारले साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलामा प्रतिबन्ध लगाएको छ ।

प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाइएको वातावरण विभागका महानिर्देशक मुकुन्द प्रसाद निरौलाद्वारा जारी विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

यसअघि काठमाडौं उपत्यकाको हकमा ४० माइक्रोनभन्दा कम र उपत्यकाभन्दा बाहिरको हकमा ३० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको थियो तर उपत्यकामै पनि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकहरूको उत्पादन र प्रयोग भइरहेको पाइएपछि आयात र उत्पादनमै प्रतिबन्ध लगाइएको विभागले जनाएको छ ।

साथै ४० माइक्रोन भन्दा पातलो प्लास्टिक झोला वा सीट उत्पादन गर्ने उद्योगले पुरानो मेशिनको पार्टपुर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा हुने थप लगानी बराबरको रकम पुँजीगत अनुदान उपलब्ध गराइने व्यवस्थापन समेत रहेको विभागका महानिर्देशक  निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति: May 31, 2021

प्रतिक्रिया दिनुहोस्