Logo
५ जेष्ठ २०८१, शनिबार
(May 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार विरुद्ध घेराबन्दी भइरहेका बेला प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

सरकार विरुद्ध घेराबन्दी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो।

मन्त्रिपरिषद् बैठक नियमित भएको एक मन्त्रीले बताए। बैठकमा सरकारले हालै अध्यादेशमार्फत् ल्याएको बजेटका विषयमा समीक्षा हुन सक्ने ती मन्त्रीले बताए।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेतासँग बालुवाटारमा लामो वार्ता परेका थिए। उनीहरूबीच साढे तीन घन्टा लामो वार्ता भएको थियो।

जसपाले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने गरि समझदारी भएको र एक/दुई दिनमै सरकार विस्तार हुने बैठकपछि बालुवाटार स्रोतले जानकारी दिएको थियो।

तर, महन्थ र राजेन्द्रले पार्टीभित्रको समस्या समाधान नभएर तत्काल सरकारमा नजाने बताएका थिए। उनीहरूले यसका लागि सहयोग गर्न प्रधानमन्त्रीसँ अनुरोध गरेको बताइएको छ।

प्रकाशित मिति: May 31, 2021

प्रतिक्रिया दिनुहोस्