Logo
५ जेष्ठ २०८१, शनिबार
(May 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको प्रतिरक्षामा लाग्न युवा संघलाई प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि भइरहेको आक्रमण रोक्न युवा संघलाई निर्देशन दिएका छन् । सोमबार जुममार्फत एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि चारैतिरबाट आक्रमण भएकाले त्यसलाई रोक्न र छेक्न युवा संघका नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘हामीमाथि चारैतिरबाट सर वर्षा भइरहेको छ । ती सर वर्षालाई भाँड्ने र छेक्ने काम गर्नुपर्छ । हामीसँग होला मिडिया हाउस स्थापना गरेका छैनौ, त्यो हाम्रो कमजोरी होला’ प्रधानमन्त्री ओलीको भनाइ छ । उनले चुनावका लागि भनेर सरकार घटिया काम नगर्ने भन्दै एउटा व्यक्ति जित्छ हार्छ भनेर सरकारले नहेर्ने बताए ।

‘एउटा व्यक्ति कसले जित्छ हार्छ, सरकारले त्यो हेर्दैन, लोकतन्त्रलाई जिताउनुपर्छ भन्ने सरकारको काम हो त्यो मात्र हेर्छ’ प्रधानमन्त्री ओलीले भने । उनले आफुहरु मिसन पत्रकारिता भइरहेको भन्दै उनले त्यो घातक हुने बताए । ‘हामी त्यस्तो पत्रकारितामा विश्वास गर्दैनौ । हामी मर्यादित पत्रकारिताको पक्षमा रहेका छौ’, प्रधानमन्त्रीको दावी थियो ।

प्रकाशित मिति: May 31, 2021

प्रतिक्रिया दिनुहोस्