Logo
६ जेष्ठ २०८१, आईतबार
(May 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज नेपाल वायुसेवा निगमको जहाज चिनियाँ खोप लिन बेइजिङ जाँदै

file photo

आज नेपाल वायुसेवा निगमको जहाज कोरोना भाइरसविरुद्धको चिनियाँ खोप लिन बेइजिङ जाँदै छ ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको लागि प्रदान गरेको खोप लिन आज राति ११ बजे नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ उड्न लागेको हो ।

सोमबार राति उडेको विमान मंगलबार राढे २ बजे खोप लिएर फर्किने छ ।गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।

जसमध्ये मंगलबार ८ लाख डोज खोप नेपाल एयरलाइन्सले ल्याउने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: May 31, 2021

प्रतिक्रिया दिनुहोस्