Logo
५ जेष्ठ २०८१, शनिबार
(May 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटनविरुद्धको मुद्दाको सुनुवाइ ‘हेर्दाहेर्दैमा’

संसद् विघटनविरुद्धको रिटमाथिको सुनुवाइ ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो । आजको बहस संवैधानिक इजलास गठनसम्बन्धी विवादमा केन्द्रित भएको थियो ।

इजलासमा उक्त विषयमाथि बहसका लागि प्रधानन्यायाधीश जबराले समय निर्धारण गरिदिएपछि पक्ष र विपक्षका कानुन व्यवसायीले आ-आफ्नो तर्क र दलिल प्रस्तुत गरेका थिए ।

संवैधानिक इजलास गठनका सम्बन्धमा उठेको विवादबारे भने इजलासले फैसला गर्न बाँकी छ ।बहसको सुरुवातमै संवैधानिक इजलासमा रहेका केही न्यायाधीशबारे प्रश्न उठेपछि आइतबार इजलासमा यस विषयमै बहस केन्द्रित गरिएको हो ।

सुनुवाई सोमबार जारी रहने गरी आइतबार इजलास उठेको हो । संवैधानिक इजलासमा गत शुक्रबारबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाई सुरु भएको हो ।

प्रकाशित मिति: May 30, 2021

प्रतिक्रिया दिनुहोस्