Logo
६ जेष्ठ २०८१, आईतबार
(May 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

प्रदेश नं २ स्थित महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका -९ गोठबनौलि बस्ने रामकरण मणडलका ९ वर्षीय छोरा प्रेम कुमार मण्डल र १० वर्षीय छोरा आशिक कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको एमपीएस इटा उधोगले इटा बनाउन माटो झिकेको खाल्डोमा शनिबार दाजुभाई डुबेका थिए । दुबै बालकको शव मुचुल्का उठाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: May 30, 2021

प्रतिक्रिया दिनुहोस्