Logo
५ जेष्ठ २०८१, शनिबार
(May 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति शैक्षिक सुधारका लागि १० अर्ब : बाल शिक्षिकाको न्युनतम पारिश्रमिक १५ हजार

नेपालको शैक्षिक संस्थानहरूको भौतिक पूर्वाधार निर्माण गर्दै थप सुधार गर्नका लागि सरकारले १० अर्ब रुपैयाँ बिनियोजन गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै उक्त कुरा बताएका छन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्राथमिकताको आधारमा देशका १५ सय सामुदायिक विद्यालयहरूको कक्षा कोठा, शौचालय, पुस्तकालय, प्रयोगशाला, वैकल्पिक सिकाइका लागि पूर्वाधार निर्माणका लागि उक्त रकम खर्च हुने मन्त्री पौडेलले बताए।

 

यसैबीच अर्थमन्त्री पौडेलले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षिका र कर्मचारीको पारिश्रमिक बढाएर मासिक १५ हजार रुपैयाँ पुर्‍याएका छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले सरकारले उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिक वृद्धि गरी ८ हजार पुर्‍याइएको र बाँकी पारिश्रमिक स्थानीय तहले व्यहोर्ने बताए ।

पारिश्रमिकका लागि ५ अर्ब ५५ करोड बजेट विनियोजन गरिएको उनले बताए ।

प्रकाशित मिति: May 29, 2021

प्रतिक्रिया दिनुहोस्