Logo
५ जेष्ठ २०८१, शनिबार
(May 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वृद्धभत्ता मासिक ४ हजार : सुकुम्बासी र भूमिहीनलाई जग्गाधनी प्रमाण पूर्जा

नेपाल सरकारले भूमिहीन, सुकुम्बासी, पूर्वकमलरी, पूर्व कमैया, हरुवाचरुवा र अव्यवस्थित बसोवासीलाई आगामी वर्षभित्र जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् ।  त्यसका लागि ६८ करोड बजेट विनियोजन गरिएको छ ।

जग्गा उपलब्ध गराइनेहरूको अभिलेख संकलन, नाप नक्सांकन लगायतका काम सम्पन्न गरी आगामी आवभित्रै जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराइने अर्थमन्त्री पौडेलले बताए ।

बढ्यो वृद्धभत्ता, अब मासिक ४ हजार पाउने

यसैबीच सरकारले सामाजिक सुरक्षामा ३३ प्रतिशत वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी वृद्धभत्ता ४ हजार पुर्‍याएको घोषणा गरेका हुन् ।

हाल जेष्ठ नागरिकहरूले मासिक ३ हजार भत्ता पाउँदै आएका थिए ।

सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए ।

सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

 

प्रकाशित मिति: May 29, 2021

प्रतिक्रिया दिनुहोस्