Logo
६ जेष्ठ २०८१, आईतबार
(May 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भेरी अस्पतालका चिकित्सकमाथी कुटपिटको घटना छानबिन गर्न सहायक सिडिओको नेतृत्वमा समिति गठन

लुम्बिनी प्रदेश अन्तर्गत रहेको बाके जिल्ला स्थित भेरी अस्पतालका चिकित्सकलाई कुटपिटको घटना छानबिन गर्न सहायक सिडिओको नेतृत्वमा समिति गठन भएको छ ।

बिहीबार राति भेरी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटना छानबिन गर्न शुक्रवार बसेको सरोकारवाला निकायको बैठकले सहायक प्रजिअ शङ्कर बहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन् ।

समितिमा चिकित्सक सङ्घ, नर्सिङ सङ्घ, अस्पताल प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधिसमेत राखिएको छ ।

समितिमा मेडिकल एसोसिएसनको तर्फबाट विनोद कर्ण, अस्पताल व्यवस्थापन समितिको तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, नर्सिङ एसोसिएसनको तर्फबाट लक्ष्मी ओली सहित जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि र अस्पतालका चिकित्सक रहेको छन् ।

समितिले आजैबाट काम थाल्ने र ३ दिनभित्र घटनाको सत्य तथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

प्रकाशित मिति: May 28, 2021

प्रतिक्रिया दिनुहोस्