Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भेरी अस्पतालमा घटेको घटनाको दोषीलाई कारबाही हुन्छ : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भेरी अस्पतालमा घटेको दुःखद घटनाका दोषीलाई कारबाही हुने बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ”बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानविनगरी दोषीमाथि कारबाही हुनेछ ।”

उनले घटनाको निष्पक्ष छानबिन गरिनेसमेत प्रतिबद्धता जनाएका छन् ।कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

प्रकाशित मिति: May 28, 2021

प्रतिक्रिया दिनुहोस्