Logo
६ जेष्ठ २०८१, आईतबार
(May 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धरानमा प्रहरी चौकी मै स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान, एक असइ घाइते

प्रदेश नं १ स्थित धरानमा प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान भएको छ ।

उक्त दुई समूहबीच भएको झडप रोक्न खोज्दा प्रहरी चौकीका इन्चार्ज असइ सुमन दाहाल घाइते भएका छन् ।धरान उपहानागपालिका वडा नं १५ मा रहेको अस्थायी प्रहरी चौकीमा यो घटना भएको हो । ७ जनाको समूहले चौकीका इञ्चार्ज दाहालमाथि खुकुरी प्रहार गरेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एस।पी कमल थापाका अनुसार एउटा समूह उजुरी लेख्न आएको थियो । यो सुहलाई पछ्याउँदै आएको अर्को समूहले चौकी भित्र आक्रमण गर्न खोज्दा रोक्नेक्रममा चौकीका इन्चार्ज असइ दाहाल घाइते भएका छन् ।

घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनामा संलग्न ७ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 28, 2021

प्रतिक्रिया दिनुहोस्