Logo
२२ बैशाख २०८१, शनिबार
(May 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योजना आयोगका नौ पूर्व उपाध्यक्षद्वारा अध्यादेशबाट बजेट नल्याउन सुझाव

अध्यादेशबाट बजेट नल्याउन राष्ट्रिय योजना आयोगका नौ जना पूर्वउपाध्यक्षहरुले सुझाव दिएका छन् ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वउपाध्यक्षहरुले संविधान अनुसार १५ जेठमै बजेट ल्याउनु पर्ने बाध्यकारी व्यवस्था भए पनि अध्यादेशबाट भने बजेट ल्याउन नहुने बताएका हुन् ।

प्रतिनिधिसभा विघटन पछि मुलुकमा अर्को संवैधानिक सङ्कट र अन्यौलता उत्पन्न भएको अवस्थामा अध्यादेशबाट बजेट नल्याउन उनीहरूको सुझाव छ ।

संसद् नभएको अवस्थामा १५ जेठमै बजेट ल्याउनु पर्ने बाध्यात्मक व्यवस्था नभएकोसमेत उनीहरूले बताएका छन् । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आम सरोकारवालाको आग्रहलाई बेवास्ता गर्दै जबरजस्ती पूर्ण बजेट ल्याउन र त्यसमा निर्वाचनलाई प्रभावित पर्ने वितरणमुखी कार्यक्रम समावेश गर्ने प्रयास हुन सक्ने आंशका उनीहरूको छ ।

बजेटमा अत्यधिक सार्वजनिक ऋण लिने र राजस्वका दर परिवर्तन गर्ने काम समेत राजनीतिक नैतिकताको गम्भीर उल्लङ्घन हुने र यसले राष्ट्रको आर्थिक क्षेत्रलाई अस्थिरतातर्फ धकेल्ने पूर्वउपाध्यक्षहरुले बताएका छन् ।

पूर्वउपाध्यक्षहरु पृथ्वीराज लिगल, डा. जगदीशचन्द्र पोखरेल, डा.शङ्कर शर्मा, डा. पीताम्बर शर्मा, डा. दिनेशचन्द्र देवकोटा, दीपेन्द्रबहादुर क्षेत्री, डा. गोविन्दराज पोखरेल, डा. मीनबहादुर श्रेष्ठ र डा. स्वर्णिम वाग्लेले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

प्रकाशित मिति: May 27, 2021

प्रतिक्रिया दिनुहोस्