Logo
२२ बैशाख २०८१, शनिबार
(May 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देश र जनताको हित राखेर संविधानको मर्म अनुसार असाधारण निर्णय गर्न सक्छु : सभामुख सापकोटा

सभामुख अग्नि सापकोटाले देश र जनताको हित राखेर संविधानको मर्म र भावनाअनुसार रक्षार्थ असाधारण निर्णय लिन सक्ने बताएका छन्

प्रतिनिधिसभा विघटन भएको सन्दर्भमा बिहीबार कानुनविदहरुसँग परामर्शपछि सभामुख सापकोटाले संविधान, देश र जनताको रक्षार्थ असाधारण निर्णय लिनसक्ने बताएका हुन् । उनले संसदको अवमूल्याङ्कन स्वीकार्य नहुने पनि बताए ।

सापकोटाले घण्टा घण्टाका सबै परिस्थितिलाई मूल्याङ्कन गरेर अघि बढ्ने प्रयासमा रहेको भन्दै केन्द्रमा देश र जनताको हित राखेर संविधानको मर्म र भावनाअनुसार कदम चाल्ने बताए ।

‘आवश्यक पर्दा देश जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि नेपाली जनताले प्रदान गरेको अधिकारलाई प्रयोग गर्नुपर्छ’ सभामुख सापकोटाले भने, ‘त्यो भनेको धेरै असाधारण र त्यो गर्नलाई घण्टा घण्टाका सबै कुरालाई विचार गरेर, मनन गरेर अगाडि बढ्नुपर्छ ।’

त्यसक्रममा उनले पार्टीहरूसँग पनि परामर्श गर्ने बताए । ‘म पार्टीहरूसँग छलफल गर्छु, उनीहरू लोकतन्त्रका संवाहक हुन्’ सापकोटाको भनाइ छ ।

प्रकाशित मिति: May 27, 2021

प्रतिक्रिया दिनुहोस्