Logo
२२ बैशाख २०८१, शनिबार
(May 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति र प्रधानमन्त्रीले संसद् विघटन गर्नु संविधान र राष्ट्रमाथि सबैभन्दा ठूलो अपराध : संविधानविद्

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बोलाएको परामर्श बैठकमा संविधानविद् भीमार्जुन आचार्यले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र राष्ट्रमाथिको सबैभन्दा ठूलो अपराध गरेको बताए ।

संविधानमाथिको यो खेलवाड राज्यका सर्वोच्च निकायमा बसेका पदाधिकारीले गर्नु भनेको मान्छे मारेको भन्दा ठूलो अपराध हुने उनको भनाइ रहेको थियो ।

प्रधानमन्त्री र राष्ट्रपतिको संविधानमाथि घात गर्ने योजना कार्यान्वयन हुँदै गएको र सफल हुँदै गएको अवस्थामा पनि प्रतिपक्ष र संसद्ले केही नगरेको उनले बताए । ‘प्रधानमन्त्रीले राजीनामा नगरी नयाँ प्रधानमन्त्रीको आह्वान गरियो । त्यसमा संसद्ले नोटिसमा लिएन र प्रतिपक्ष पनि त्यसमा सहभागी भए,’ उनले भने ।

प्रतिनिधिसभा पुनःस्थापना हुने आचार्यले बताए । उनले भने, ‘कानुन र संविधान बमोजिम सभामुखले गर्ने काम छैन । संसद् पुनःस्थापना हुन्छ, विघटन असंवैधानिक छ । सर्वोच्चमा मुद्दा विचाराधीन भएकाले सभामुखले संसद् सुचारु गर्न सक्ने अवस्था छैन ।’

उनले यसअघि प्रतिनिधिसभा पुनःस्थाना गर्ने सर्वोच्चको निर्णयलाई हेर्दा पनि अहिले प्रतिनिधिसभा पुनःस्थापना हुने र त्यसपछि संसद्ले आफ्नो क्रियाशीलता बढाउनुपर्ने बताए ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा संविधानअनुसार सभामुख सापकोटाले गर्न सक्ने कुनै पनि काम नभएको बताए ।

प्रकाशित मिति: May 27, 2021

प्रतिक्रिया दिनुहोस्